रास्वपा बागमती प्रदेशको निर्वाचन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले हाललाई निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी दिएकी छन् । उनका अनुसार २४ घण्टाभित्र अर्को सूचना जारी गरिनेछ ।

मतदाता नामावलीलाई लिएर विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया रोकिएको हो । निर्वाचन स्थगित भएसँगै अधिवेशनस्थल सुनसान बनेको छ ।

निर्वाचन समितिले मंगलबार अव्यवस्थित रूपमा हस्तलिखित मतदाता नामावली प्रकाशन गरेको थियो । सो नामावलीमाथि सुरुदेखि नै प्रश्न उठे पनि समितिले उम्मेदवारी दर्ता प्रक्रिया भने अगाडि बढाएको थियो ।

निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि बढेपछि अधिवेशनस्थलमा अन्योलको अवस्था सिर्जना भएको थियो ।

यसैबीच, प्रहरीले अधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई ‘तपाईंहरूका नेताहरू नै यहाँ हुनुहुन्न, जानुस्’ भन्दै अधिवेशनस्थल खाली गराएको बताइएको छ ।

मतदाता नामावली विवादका कारण स्थगित भएको निर्वाचन प्रक्रिया कहिले पुनः सुरु हुन्छ भन्नेबारे निर्वाचन समितिले अहिलेसम्म थप विवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =