आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८३ जेठ २६ गते

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ ।
बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची छ । अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायत सम्भावित कार्यसूची छ ।

२०८३ जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








