करेन्ट चाउचाउ सुरक्षित छ, ढुक्कले खानुस्: यशोधा फुड्स

काठमाडौँ । यशोधा फुड्स प्रालिले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ उपभोगका लागि सुरक्षित रहेको जनाएको छ ।

कम्पनीले सोमबार सूचना जारी गर्दै गुणस्तरहीन भेटिएको भनिएको ब्याचबाहेक अन्य सबै उत्पादन खान योग्य रहेको स्पष्ट पारेको हो ।

कम्पनीका अनुसार ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३–०४ए को चाउचाउबाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सोभन्दा फरक ब्याच नम्बर भएका उत्पादनहरू उपभोग गर्न मिल्ने छन् ।

सूचनामा भनिएको छ, ‘खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसारको करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरु निर्वाध रुपमा उपभोग गर्न सकिन्छ ।’

कम्पनीले सम्बन्धित ब्याचबाहेकका अन्य उत्पादन ढुक्क भएर उपभोग गर्न तथा बिक्री–वितरण जारी राख्न उपभोक्ता, बिक्रेता र अधिकृत बिक्रेताहरूलाई आग्रह गरेको छ ।

यशोधा फुड्सले गुणस्तर र उपभोक्ता सुरक्षाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै बजारमा रहेका अन्य उत्पादनबारे भ्रममा नपर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =