नेपालले कहाँ-कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्: हर्क राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले त्यसको तथ्यगत पुष्टि गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अन्यथा नेपाली जनतासमक्ष आफ्नो भनाइ सच्याउनुपर्ने उनको भनाइ छ । राईले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याइएसम्म अन्य विषयमा बहस गर्नु अर्थहीन हुने टिप्पणी गर्दै राष्ट्रिय भूगोल र सार्वभौमिकताको रक्षा राज्यको पहिलो दायित्व भएको बताए ।

उनले प्रधानमन्त्री शाहको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सीमासम्बन्धी संवेदनशील विषयमा अनावश्यक अन्योल सिर्जना गरेको दाबी गरे । उनले नेपाली भूमिमा सेना तैनाथ गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘उहाँले हाम्रो सीमानाको बारेमा हाम्रो देशले छिमेकी मुलुकलाई कहाँ कहाँ अतिक्रमण गरेको हो भन्नेबारे पुष्टि गर्नुपर्छ । होइन भने नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाई सच्याउनुपर्छ । त्यो कुरा नसच्चिएसम्म अर्को विषयमा प्रवेश गर्नु मिथ्या रहन्छ किनभने देश र रहनको भूगोल चाहिन्छ । भूगोल बिनाको देश हुँदैन । आफ्नो मुलुकको भूगोलको रक्षा गर्नुको सट्टा प्रधानमन्त्रीज्यूले जे अभिव्यक्ति दिनुभयो त्यसले हामी आन्दोलित छौँ, आक्रोशित छौँ । उहाँ आफैँले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ ।’

प्रधानमन्त्री साहले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नेक्रममा भारतले नेपालको भूमि मात्र नभई नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको विवादित अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =