हुम्लाको टाक्चीमा लिमी रिसोर्ट

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको टाक्चीमा लिमी रिसोर्ट सञ्चालनमा आएको छ ।

लिमी उपत्यका प्रवेश गर्ने टाक्ची, न्यालुलगायतका सडकमा जमेको हिउँ पन्छाएर यातायात सञ्चालनमा आएपछि रिसोर्ट पुनः सञ्चालनमा आएको व्यवसायी तेन्जिन नुर्वु लामाले बताए ।

हिउँदयाममा बाक्लो हिमपातले बन्द भएको रिसोर्ट वर्षायाम सुरु भएपछि पुनः सञ्चालनमा आएको हो ।

पाँच हजार १३० मिटर उचाइमा रहेको लिमीको लाप्चाबाट सजिलै मानसरोवर कैलाश दर्शनमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा आएको बताइन्छ ।

रिसोर्टले आन्तरिक पर्यटकका लागि तीन छाक खाना र बाससहित प्रतिव्यक्ति रु दुई हजार ५०० तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति तीन हजार ५०० शुल्क निर्धारण गरेको छ ।

रिसोर्टमा स्थानीय परिकारसँगै याकको सुकुटी पनि उपलब्ध छ । रिसोर्ट उच्च हिमाली क्षेत्रमा सञ्चालनमा आएकाले अक्सिजनको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =