विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

सिद्धार्थनगर । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट रु सात लाख ९५ हजार भारतीय रकम बरामद गरिएको छ ।

भारतको आन्ध्र प्रदेशस्थित प्रकाशम जिल्लाका ५९ वर्षीय भिमा श्रीनिवास बुद्ध एयरको उडानमार्फत काठमाडौँ प्रस्थान गर्ने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको हाते सामान जाँच गर्ने एक्सरेबाट परीक्षण गर्दा उक्त रकम फेला परेको हो ।

प्रहरीका अनुसार श्रीनिवासले साथमा बोकेको खैरो रङको हाते झोलाबाट भारतीय रुपैयाँ ५०० दरका एक हजार ५९० थान नोट बरामद भएको हो । बरामद रकमको कुल मूल्य सात लाख ९५ हजार भारतीय रुपैयाँ रहेको छ ।

उक्त रकमसहित श्रीनिवासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

पक्राउ परेका व्यक्ति र नगद थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =