प्रभु बैंकको सहयोगमा विद्यालयमा स्मार्ट बोर्ड

काठमाडौँ । प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ ।

शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यका साथ विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

यसबाट विद्यालयमा डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको बताइएको छ ।

हाल विश्व तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको अवस्थामा विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराई भविष्यका लागि सक्षम, दक्ष र प्रतिस्पर्धी नागरिक तयार पार्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको बैंकले जनाएको छ ।

कम्पनीले विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रमले गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा डिजिटल विभाजन न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले बैंकको यस सामाजिक कार्यको प्रशंसा गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
प्रभु बैंकले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 19 =