चिडियाखानालाई दश लाख सहयोग

काठमाडौं । प्रभु शम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको चिम्पान्जीलाई भरणपोषणका लागि रु १० लाख प्रदान गरेको छ ।

विगत चार वर्षदेखि कोषले प्रत्येक वर्ष सोहीअनुसारको रकम सहयोग गर्दै आएको सदर चिडियाखानाले जनाएको छ ।

चिडियाखानामा ‘हिस्टोरिकल थ्रिडी लायन केज म्युजियम’ सञ्चालन गर्न कोषले रु १५ लाख बराबरको चेक प्रदान गरेको छ ।

कोषका अध्यक्ष राजी राणाले विश्व वातावरण दिवसका अवसरमा उक्त रकम चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।

यसैबीच, विश्व वातावरण दिवसका अवसरमा चिडियाखानामा लालीगुराँसका बिरुवा रोपिएका छन् ।

शुक्रबार नै ‘फ्रेन्डस् अफ जु’ का २५ जना विद्यार्थीलाई वातावरण संरक्षणमा उत्कृष्ट योगदान गरेबापत कार्यालय प्रमुख साहले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =