एलजी नेपालद्वारा ‘गेम अन विथ एलजी एआई टिभी’ अभियान सार्वजनिक

काठमाडौँ । एलजी इलेकट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकहरूलाई लक्षित गर्दै आफ्नो नवीनतम ‘Game on with LG AI TV’ अभियान सार्वजनिक गरेको छ ।

यस अभियानमार्फत फुटबलका हरेक खेललाई उत्कृष्ट दृश्य गुणस्तर, जीवन्त ध्वनि तथा एलजीको अत्याधुनिक एआई प्रविधिको साथ अझ रोमाञ्चक र वास्तविक रूपमा अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।

विश्वप्रसिद्ध LG OLED Display प्रविधिद्वारा सञ्चालित यी टेलिभिजनहरू हरेक गोल, उत्कृष्ट बचाउ र उत्सवका क्षणलाई जीवन्त बनाउँदै दर्शकलाई मैदानकै नजिक रहेको अनुभूति दिलाउन डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।

अभियानलाई अझ आकर्षक बनाउन एलजीले चयनित टिभी मोडलहरूमा ४ वर्षको पूर्ण वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ, जसअन्तर्गत ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी र १ वर्षको अतिरिक्त विस्तारित वारेन्टी समावेश रहेको छ । यस सुविधामार्फत ग्राहकहरूले यस वर्षको फुटबल रोमाञ्च मात्र नभई आगामी वर्षहरूमा पनि ढुक्कका साथ मनोरञ्जनको अनुभव लिन सक्ने कम्पनीको विश्वास छ ।

ग्राहकलाई टिभी खरिद अझ सहज बनाउन एलजी इलेकट्रोनिक्स नेपालले चयनित मोडलहरूमा ३० प्रतिशतसम्म क्यासब्याक, नो-कस्ट ईएमआई, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन तथा प्राथमिकता प्राप्त इन्स्टलेसन सेवा समेत उपलब्ध गराएको छ ।

यो विशेष अफर २०८३ जेठ २१ गते देखि साउन ४ गते सम्म नेपालभरका आधिकारिक एलजी विक्रेतामार्फत लागू हुने बताइएको छ । यस अभियानले फुटबलप्रेमीहरूलाई आफ्नो घरमै अत्याधुनिक प्रविधियुक्त LG AI TV मार्फत खेल हेर्ने अनुभवलाई थप स्तरीय बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eight =