वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज । विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका झोला वितरण गरिएको छ ।

वन डिभिजन कार्यालय, नेपालगञ्जले प्लास्टिकलाई विस्थापन गर्ने योजनाअनुसार कपडाका झोला वितरण गरेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शङ्करप्रसाद गुप्ताले जानकारी दिए ।

उनले वातावरणमैत्री जीवनका लागि सबैको साझा प्रयास आवश्यक भएको उल्लेख गर्दै मानिसको दैनिक व्यवहारमा परिवर्तन आवश्यक भएको बताए । सोही दिवसको उपलक्ष्यमा पशुपतिनगर सामुदायिक वनमा गुल्मोहर, वीरेन्द्र फूल, कल्पवृक्षको बिरुवा रोपियो ।

वातावरण दिवसकै अवसरमा १०० थानभन्दा बढी टि–सर्ट वितरण गरिनुका साथै नेपालगञ्ज साइकिलिङ क्लबसँगको सहकार्यमा साइकल यात्रा र वातावरणसम्बन्धी दुई वटा सडक नाटक प्रस्तुत गरिएको प्रमुख गुप्ताले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eight =