परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थान
२०८३ जेठ २२ गते

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।
नयाँदिल्लीमा रहँदा उनले आफ्ना भारतीय समकक्षी डा जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा आपसी हित र चासोका विविध विषयमा विचारविमर्श हुनेछ ।
परराष्ट्रमन्त्रीको यो भ्रमणबाट नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री खनाल यही जेठ २४ स्वदेश फर्कने कार्यक्रम छ ।
२०८३ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








