प्रजनन स्वास्थ्य शिविरमा ३५० जनाको स्वास्थ्य परीक्षण

महोत्तरी । आर्थिक अभावका कारण नियमित स्वास्थ परीक्षण गर्न असमर्थ महिलालाई लक्षित गरी मटिहानी नगरपालिकाले बुधबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरमा ३५० महिलाको स्वास्थ्य परीक्षण गर्नुका साथै २०० जनाको पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि ‘स्वाब’ सङ्कलन गरिएको स्वास्थ्य शाखा पमुख पवनकुमार मण्डलले जानकारी दिए ।

विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीबाट महिलाले सेवा लिएका थिए । शिविरमा पाठेघर र स्तनक्यान्सर, आङ खस्ने समस्या तथा अब्स्ट्रेटिक फिस्टुलासम्बन्धी उपचार गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =