स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आज खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन गरेकी छन् ।

उनले विभागको अनुगमन गर्नुका साथै विभागका कर्मचारीसँग छलफल गर्नुभएको मन्त्रालयका उपसचिव विमला रोकाले जानकारी दिइन् ।

मन्त्री मेहताले विभागलाई क्षमता विस्तार गर्दै प्रभावकारी बनाउनुपर्ने जोड दिइन् । सो अवसरमा विभागका निमित्त महानिर्देशक शोमाकान्त रिजालले विभागको समग्र कामकारवाहीका बारेमा मन्त्री मेहतालाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =