न्यूरो डेभलपमेन्टल समस्यामा बालबालिकाको उपचारमा आईएमई लाइफको सहकार्य

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि. लाई आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवाका लागि उपयोग गरिनेछ ।

यस कार्यक्रम अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले रु. ३ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ, जसबाट प्रभावित बालबालिकाले आवश्यक थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्नेछन् ।

न्यूरो डेभलपमेन्टल समस्याबाट प्रभावित बालबालिकालाई समयमै आवश्यक उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको कम्पनीले जानकारी दिएको छ ।

यस सहयोगले आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको बताइएको छ ।

बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनर्स्थापना सेवाहरू प्रदान गर्दै आएको छ । संस्थाको विशेषज्ञता र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 17 =