बिर्तामोडमा ‘लाफ्टर फर लाइफ’, मनोरञ्जनसँगै प्रेरणा (तस्बिरहरू)

काठमाडौं । मकालुखबरको आयोजनामा सञ्चालित ‘लाफ्टर फर लाइफ द मोटिभेसन सेसन’ कार्यक्रम झापाको बिर्तामोडस्थित साइ पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो संस्करणअन्तर्गत बिहीबार बिर्तामोडमा भव्य रूपमा आयोजना गरिएको कार्यक्रममा विज्ञापनदाता, सहयोगी संस्था, युवा तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियाे ।
युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक सोच, आत्मविश्वास र सही जीवनदृष्टितर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा चर्चित प्रस्तोता तथा कलाकार सन्दीप क्षेत्री सहितको ब्याण्डले मनोरञ्जनात्मक प्रस्तुति दिएको थियो ।
कार्यक्रमको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङ्क रहेको छ। कार्यक्रम देशका विभिन्न प्रमुख सहरहरूमा सञ्चालन भइरहेको छ ।
यसअन्तर्गत जेठ १० गते काठमाडौं, १५ गते पोखरा, १६ गते बुटवल, १७ गते चितवन, १९ गते वीरगञ्ज र २१ गते झापाको बिर्तामोडमा कार्यक्रम सम्पन्न भएको हो ।
अब भोली २२ गते इटहरी पुगेर कार्यक्रम समापन गरिने छ ।
कार्यक्रममार्फत देशभरका २२ हजारभन्दा बढी युवालाई मनोरञ्जनको माध्यमबाट आफ्नो वास्तविक लक्ष्य पहिचान गर्न प्रेरित गर्ने लक्ष्य राखिएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यो अभियानले युवाहरूलाई आफ्नो भविष्यप्रति थप स्पष्ट सोच, सकारात्मक दृष्टिकोण र नयाँ ऊर्जा प्रदान गर्ने विश्वास आयोजकको छ ।









