कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका सुकुमवासी दर्जीको मृत्यु

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासी समुदायबाट विस्थापित भेषबहादुर दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।

दर्जीको बिहीबार वीर अस्पतालको आईसीयूमा उपचार भइरहेका बेला निधन भएको उनकी पत्नी विमला सुनुवारले जानकारी दिएकी छन् ।

परिवारका अनुसार होल्डिङ सेन्टरमै बिरामी अवस्थामा रहेका दर्जीको स्वास्थ्यमा थप जटिलता देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा परीक्षण गर्दा उनको फोक्सोमा पानी जमेको चिकित्सकहरूले बताएका थिए ।

दर्जी लामो समयदेखि फोक्सोसम्बन्धी समस्याबाट पीडित रहेको परिवारले जनाएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि चिकित्सकले उनलाई आईसीयूमा राखेर उपचार थालेका थिए । तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

मृतक दर्जीको परिवारमा पत्नीसहित तीन जना सदस्य रहेका छन् । परिवारले उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गर्ने तयारी गरेको जनाएको छ ।

दर्जीको मृत्युले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका विस्थापित परिवारहरूको स्वास्थ्य, आवास र जीवनयापनका चुनौतीहरूबारे पुनः प्रश्न उठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =