कर्णाली प्रदेशको दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा सञ्चालन हुने
२०८३ जेठ १५ गते

काठमाडौँ । सरकारले कर्णाली प्रदेशको दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो ।
बजेटमा नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनाउने व्यवस्था पनि गरिएको छ । अर्थमन्त्री वाग्लेले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गर्दै आएका यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गरेको पनि बताए ।
उनले भने ‘कर्णाली प्रदेशको दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा सुरु गर्नेछौँ । नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छु । महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गर्दै आएका यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गरेको छु ।’
अर्थमन्त्री वाग्लेले गरिब नागरिकको स्वास्थ्य उपचारमा गम्भीर भएर लाग्ने पनि बताए ।
२०८३ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








