राज्यले कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध नीति तथा कार्यक्रमहरू ल्याउनु पर्दछ: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने बताएका छन् ।

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसका लागि लगानीको सुनिश्चितता गर्न र सस्तो व्याँजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक रहेको तथ्य पनि स्पष्ट पारे । उनले मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउने तर्फ सरकार, नीति निर्माता, योजनाविद् तथा सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी पनि बताए ।

राष्ट्रपति पौडेलले कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि विमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले भने ‘कृषि क्षेत्रको विकास गर्न राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्छ । कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा उद्यम केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नु पर्दछ । १६ औँ योजनाले निर्दिष्ट गरेको लक्ष्य हासिल गरी देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्दछ । यसमा लगानीको सुनिश्चितता गर्न, सस्तो व्याँजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक छ । मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीति निर्माता, योजनाविद् तथा सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी छ । विदेशबाट फर्किएका युवाहरूलाई उनीहरूले सिपको प्रयोग गर्नेगरी कृषितर्फ आकर्षित गर्न लगानीमैत्री वातावरण सृजना गर्न सरकार र निजी क्षेत्रले चासो दिनुपर्दछ । कृषकका उपजहरूको बजारीकरण, समयमा नै बीउविजन, मलको आपूर्ति कृषकको समस्याको पहिचान र त्यसको व्यवस्थापन, नवीनतम औजार र उपकरणको पहिचान र व्यवस्थापन, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि विमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने आजका जल्दाबल्दा विषयहरू हुन् ।’

राष्ट्रपति पौडेलले विदेशबाट फर्किएका युवाहरूलाई उनीहरूले सीप प्रयोग गर्नेगरी कृषितर्फ आकर्षित गर्न लगानीमैत्री वातावरण सृजना गर्न सरकार र निजी क्षेत्रले चासो दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =