राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य गर्नुपर्छ : प्रचण्ड
२०८३ जेठ १५ गते

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य आवश्यक भएको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपालीको पहिलो जिम्मेवारी भएको बताएका हुन् ।
सन्देशमा उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र नागरिकबीच एकता अपरिहार्य नेता दाहालले सन्देशमा उल्लेख गरेका छन् ।
२०८३ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








