पोखराको पृथ्वीचोकस्थित सरकारी जग्गामा निर्मित अनधिकृत संरचनामा महानगरको डोजर

काठमाडौँ । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित सरकारी जग्गा अतिक्रमण गरी बनाइएका विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका भवनहरू हटाउन सुरु गरेको छ ।

महानगरले बिहीबार डोजर प्रयोग गरी ती अनधिकृत संरचनाहरू भत्काएको हो ।

महानगरपालिकाकाअनुसार प्रमुख राजनीतिक दल र विभिन्न संघ–संस्थाका गरी जम्मा ९ वटा भवनहरूमा डोजर चलाइएको छ ।

सार्वजनिक जग्गाको संरक्षण गर्ने र खोला क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यका साथ महानगरले गत आईतवारदेखि ‘खोलारघर क्लियर’ गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ ।

अतिक्रमित संरचना हटाउने यस कार्यलाई महानगरले आफ्नो नियमित अभियानको रूपमा अगाडि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =