सांसद शेर्पाले गरे सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण गरेका छन् ।

उनले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहरण गरेको जनाइएको छ । सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गरेका थिए ।

‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेका थिए । उनले आफ्नो सगरमाथा आरोहरणमा सहयोग पुर्याउने सभामुख डोलप्रसाद अर्याल सहित सबैमा आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =