‘बोनम्यारो क्यान्सर’ देखिएपछि न्यायाधीश श्रेष्ठको दिल्लीमा उपचार
२०८३ जेठ १३ गते

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
उनलाई ‘बोनम्यारो क्यान्सर’ देखिएपछि एक महिनादेखि सो अस्पतालमा उनको उपचार भइरहेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश श्रेष्ठलाई ‘बोनम्यारो क्यान्सर’ देखिएपछि एक महिनाअघि देखि त्यहाँ उपचार गराइ रहेका छन् ।
पछिल्लो समय न्यायाधीश श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको छ ।
२०८३ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित








