प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन सकिँदैन: महानिर्देशक तिवारी

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले केवल प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन नसकिने बताएका छन् ।

मंगलवार विभागमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पर्यटन प्रवर्द्धनको लागि प्रचारप्रसारभन्दा पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । तिवारीले पर्यटन क्षेत्रमा आवश्यक पूर्वाधार र आकर्षक ‘प्रोडक्ट’ विकास गर्न सके पर्यटक स्वतः आउने दाबी गरे । उनले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित बनाउँदै निकट भविष्यमा पर्यटकलाई भविष्यमा ‘युनिक आइडी’ दिने तयारी भइरहेको बताए ।

उनले भने ‘म पनि टुरिजम बोर्डको मेम्बर छु । हामीले प्रमोशन गरेर एक जना टुरिष्ट पनि थपिएको छैन । किनभने त्यस्तो क्वालिटीको कोही पनि पर्यटक नेपाल आएकै छैनन् । पर्यटनको लागि आवश्यक पूर्वाधार र उत्पादन भयो भने पर्यटक स्वयं आउने रहेछन् । यो निःशुल्क भिसा दिएर र प्रमोशन गरेर पर्यटक आउने भए अफगानिस्थानले भिसा नै नलिँदा पनि कोही जाँदैन, अमेरिकाले लाखौँ रुपैयाँ धरौटी राख्न भनेपनि तिरेकै छन् । किनभने त्यहाँ पर्यटकीय पूर्वाधार र प्रोडक्ट छ नि । तरपनि हामीले पर्यटकको लागि पनि दुई मिनेटको समय खर्चिएर भएपनि उनीहरूलाई इन्करेज गर्ने हो, हामीले गर्छौँ भनेकै छौँ । क्युआर कोड उहाँहरूले भरेर हामीलाई सजिलो गराइदिने होइन । पछि हामी पर्यटकलाई युनिक आइडी दिने, म्यान्डेटरी गर्ने हो ।’

उनले काठमाडौँ उपत्यकाका सबै होटेलहरुलाई विभागमा दर्ता गरी अनलाइनमै राख्ने तयारी भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =