रिहा भए दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

पर्सा अदालतको आदेशपछि आज मंगलबार उनलाई रिहा गरिएको हो ।

अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले जानकारी दिए ।

प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रसाईँलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twelve =