सेती नदिमा हाम फाली बेपत्ता व्यक्तिको शव फेला
२०८३ जेठ ११ गते

काठमाडौँ । कास्की जिल्लाको पोखरा महानगरपालिका–१७ स्थित सेती नदिका खोचबाट जेठ ११ गते सशस्त्र प्रहरीले एक जनाको शव निकालेको छ ।
भारत घर भई सोही महानगरपालिका–१७ घारिपाटन बस्ने अन्दाजी ३४ वर्षीय मुकेश महतो जेठ १० गते बेलुका उक्त नदिमा हाम फाली बेपत्ता भएका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको टोलीले खोजी गर्दा फेला नपारेपछि पुनः आज बिहान सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्तसहितको टोली खटिएको थियो ।
सो टोलीले उनको शव रोप रेस्क्युद्धारा अन्दाजी २ सय ५० फिट तल सेतीको खोचबाट बाहिर निकालेको हो ।
२०८३ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित








