युक्रेनको राजधानी किभमा भीषण ब्यालेस्टिक मिसाइल आक्रमण, तीन जना घाइते

एजेन्सी । युक्रेनको राजधानी किभमा आईतवार बिहानै शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र (मिसाइल) बाट भीषण आक्रमण भएको छ । किभ शहर सैन्य प्रशासनका प्रमुख टिमुर टकाचेन्कोले यस आक्रमणको पुष्टि गरेका छन् ।

टकाचेन्कोकाअनुसार राजधानीको मध्य भागमा अवस्थित पोडिल्स्की जिल्लामा आक्रमणका कारण भीषण आगलागी भएको छ । सामाजिक सञ्जाल टेलिग्राममार्फत जानकारी दिँदै उनले उक्त घटनामा परी कम्तीमा तीन जना घाइते भएको बताए ।

आक्रमणको सिलसिला अझै जारी रहेको र थप क्षेप्यास्त्र प्रहार हुनसक्ने उच्च जोखिम रहेकाले सतर्क रहन समेत सैन्य प्रशासनले आग्रह गरेको छ । युक्रेनी अधिकारीहरूले स्थितिको निरन्तर अनुगमन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eleven =