पूर्वी जेरुसेलममा इद–उल–अधाको तयारी
२०८३ जेठ १० गते

एजेन्सी । पूर्वी जेरुसेलमका मुस्लिम समुदायले आफ्नो महत्वपूर्ण चाड इद–उल–अधाको तयारी शुरु गरेका छन् । पर्व नजिकिँदै गर्दा स्थानीय बासिन्दाहरू बलि चढाउनका लागि भेडा तथा अन्य पशु खरिद गर्न पशु बजारहरूमा झुम्मिन थालेका छन् ।
बलिदानको पर्व (फिस्ट अफ स्याक्रिफाइस) का रूपमा समेत चिनिने इद–उल–अधा मुस्लिम समुदायको पात्रोमा उल्लेखित सबैभन्दा महत्वपूर्ण उत्सवहरूमध्ये एक हो । यस पर्वमा परम्परागत रूपमा पशु बलि दिने र उक्त मासु आफन्त, छिमेकी तथा विपन्न वर्गलाई वितरण गर्ने गरिन्छ ।
विशेष गरी असहाय र आवश्यक परेका व्यक्तिहरूलाई मासु बाँड्नु यस चाडको मुख्य धार्मिक एवं सामाजिक पक्ष हो ।
२०८३ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित








