उपचाररत एपीएफ जवानको स्वास्थ्य अवस्था बुझ्न पूर्वगृहमन्त्री गुरुङ अस्पतालमा

काठमाडौँ । तालिमका क्रममा अचानक बेहोस भई उपचाररत सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य अवस्था बुझ्न पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल, बलम्बु पुगेका छन् ।

जेठ ८ गते बिहीबार अस्पताल पुगेर उनीहरूले उपचाररत जवानहरूको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका हुन् ।

पूर्वगृहमन्त्री गुरुङले बिरामी जवानहरूलाई फलफूल तथा पौष्टिक आहारसमेत प्रदान गरेका थिए ।

पदमा नरहे पनि सुरक्षाकर्मीप्रति उनले देखाएको चासो र आत्मीयतालाई अस्पतालमा उपस्थित सुरक्षाकर्मी तथा बिरामीका आफन्तहरूले सकारात्मक रूपमा लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =