‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’मा क्लासिक टेकको सहकार्य

काठमाडौँ । मकालुखबरले आयोजना गर्न लागेको लाफ्टर फर लाइफ एण्ड मोटिभेसन कार्यक्रममा क्लासिक टेकले सहकार्य गर्ने भएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले युवामुखी तथा प्रेरणादायी कार्यक्रमलाई साथ दिएको हो ।
सन् २००९ मा औपचारिक रूपमा स्थापना भएको क्लासिक टेकले हालसम्म देशका मुख्य सहर लगायत विभिन्न जिल्लामा एफटीटीएच र वायरलेस सेवा विस्तार गर्दै तीव्र गतिको उच्चस्तरीय इन्टरनेट तथा इन्टरनेट टिभी (आईपी टिभी) सेवा सञ्चालन गर्दै आएको जनाएको छ । कम्पनीले देशभर विभिन्न शाखामार्फत सेवा प्रदान गरिरहेको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको कार्यक्रम आइतबारदेखि प्रज्ञा भवन बाट सुरु हुँदैछ ।
देशव्यापी रूपमा सञ्चालन हुने कार्यक्रम जेठ १० गते काठमाडौं बाट सुरु भएर जेठ १५ गते पोखरा, १६ गते बुटवल, १७ गते चितवन, १९ गते वीरगन्ज, २१ गते बिर्तामोड र २२ गते इटहरी मा आयोजना हुने तालिका छ ।








