‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’को एयरलाइन्स पार्टनरमा यति एयरलाइन्स

काठमाडौँ । देशव्यापी रूपमा आयोजना हुन लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रमको एयरलाइन्स पार्टनरका रूपमा यति एयरलाइन्स आबद्ध भएको छ ।
काठमाडौंदेखि इटहरीसम्म विभिन्न सहरमा आयोजना हुने कार्यक्रमको यात्रालाई सहज बनाउन यति एयरलाइन्सले सहकार्य गरेको आयोजकले जनाएको छ ।
नेपालको निजी हवाई सेवा क्षेत्रमा स्थापित कम्पनी यति एयरलाइन्सले देशका प्रमुख गन्तव्यहरूमा नियमित उडान सेवा सञ्चालन गर्दै आएको छ ।
यात्रुको सहज, सुरक्षित र भरपर्दो यात्रालाई प्राथमिकतामा राख्दै आएको एयरलाइन्सले विभिन्न सामाजिक तथा युवामुखी कार्यक्रमहरूमा पनि सहभागिता जनाउँदै आएको छ ।
मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रम युवाहरूलाई हाँसो, मनोरञ्जन र प्रेरणामार्फत सकारात्मक सोचतर्फ अभिप्रेरित गर्ने उद्देश्यका साथ सञ्चालन हुन लागेको हो ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको कार्यक्रम आइतबार काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुनेछ । त्यसपछि कार्यक्रम पोखरा, बुटवल, चितवन, वीरगन्ज, बिर्तामोड र इटहरीमा आयोजना गरिनेछ ।








