‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’को फोर ह्वीलर पार्टनरमा जिली इएक्स–५
२०८३ जेठ ९ गते

काठमाडौँ । मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रमको फोर ह्वीलर पार्टनरका रूपमा जिली इएक्स–५ रहेको छ ।
नेपालका लागि जिली इएक्स–५ का आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्स रहेको छ ।
नेपाल भित्रिएको छोटो समयमै जिली इएक्स–५ ले आफ्नो आधुनिक डिजाइन, प्रिमियम इन्टेरियर र उत्कृष्ट प्रदर्शनका कारण उपभोक्ताको मन जितिसकेको कम्पनीले जनाएको छ ।
कार्यक्रमले युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक सोच, आत्मविश्वास र प्रेरणामार्फत जीवनप्रति आशावादी दृष्टिकोण विकास गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रम आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुँदैछ । त्यसपछि कार्यक्रम देशका विभिन्न प्रमुख सहरहरूमा आयोजना गरिनेछ ।
२०८३ जेठ ९ गते
प्रतिक्रिया








