मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
२०८३ जेठ ८ गते

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार भएको मतदानमा मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत खसेको छ ।
सत्ता साझेदार जनमत पार्टीले वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन् ।
यसअघि जेठ १ गते नै विश्वासको मतका लागि प्रदेश सभा बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि र ‘फ्लोर क्रस’ हुने जोखिमका कारण अन्तिम समयमा प्रक्रिया रोकिएको थियो ।
आन्तरिक राजनीतिक समीकरण मिलाएपछि मात्र मुख्यमन्त्री यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिन सफल भएका हुन् ।
२०८३ जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित








