एनएमबि बैंकद्वारा ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

काठमाडौँ । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग तमु धिं नेपालको ४२औँ स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।

सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङ ज्यू, तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म कुमारी तमु ज्यू, अध्यक्ष हुमबहादुर गुरुङ ज्यू तथा एनएमबि बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित ज्यू लगायतले संयुक्त रूपमा वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित ज्यूले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासमा बैंकको सहकार्य निरन्तर रहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =