कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगमा दुई सदस्यलाई आज नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिस एवं प्रदेश लोकसेवा ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम प्रदेश लोकसेवा आयोगको सदस्यमा पदमा विराटनगर–३, मोरङकी रूपा थापा ओझा र उर्लाबारी–५, मोरङका भीमबहादुर सुब्बा (फुदोङ) लाई नियुक्त गरेका हुन् ।

त्यसैगरी आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनियुक्त सदस्यलाई आजै प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (८) बमोजिम सदस्य पदमा पद तथा गोपनीयताको सपथ गराएका छन् ।

सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू, प्रदेशसभाका सदस्यहरू, प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीहरूका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =