सम्मानजनक एकता नभए काँग्रेसले थप पराजय भोग्नुपर्ने नेता घिमिरेको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले वर्तमान संस्थापन पक्षले एकलौटी ढंगले अघि बढ्न खोजे आगामी निर्वाचनमा पार्टीले थप गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका हुन् ।

सम्बोधनका क्रममा नेता घिमिरेले आफूहरूको उद्देश्य पार्टी विभाजन नभई समग्र काँग्रेसलाई एकढिक्का बनाउनु रहेको प्रस्ट पारे । वर्तमान केन्द्रीय समितिको वैधतामाथि प्रश्न उठाए । नेता घिमिरेले नेतृत्वले ‘पिक एण्ड चुज’ को नीति अपनाएर आफू अनुकूलका व्यक्तिहरूलाई मात्र केन्द्रीय समितिमा मनोनयन गरेको आरोप लगाए ।

पछिल्लो समय गरिएको १९ जनाको नियुक्तिले पार्टीमा सबैलाई समेट्ने संकेत नदेखाएको उनको तर्क छ ।

उनले भने ‘उहाँहरूकै भाषामा यो ५४ प्रतिशतको मात्रै भेलाबाट बनेको समिति हो । ४६ प्रतिशतलाई बाहिर राखेर १०० प्रतिशतको काँग्रेस बन्न सक्दैन । आधा काँग्रेस मात्र बोकेर हिँड्दाको परिणाम हामीले गएको निर्वाचनमा भोगिसकेका छौँ । स्वाभिमान बेचेर राजनीति गर्न सकिँदैन । पार्टीका सम्पूर्ण साथीहरूलाई समेटेर लैजाने दायित्व संस्थापन पक्षको हो, तर उहाँहरूको क्रियाकलापमा त्यो उदारता देखिएन । यदि सबैलाई समेट्ने प्रयास भएन भने आगामी स्थानीय र प्रदेश निर्वाचनमा गत फागुन २१ को परिणामभन्दा पनि खराब अवस्था आउन सक्छ । लगातार तीनवटा चुनाव हारिसकेपछि त्यस्तो असफल नेतृत्वको के अर्थ रहला रु नेतृत्वले यस विषयमा गम्भीरतापूर्वक सोच्न आवश्यक छ ।’

पार्टी एकताका लागि प्रस्ताव पेस गर्दै उहाँले विगतमा गिरिजाप्रसाद कोइरालाले नेपाली काँग्रेस र नेपाली काँग्रेस ९प्रजातान्त्रिक० बीच गरेको एकताको मोडल अपनाउनुपर्नेमा जोड दिए । उनले वर्तमान केन्द्रीय समितिलाई ‘महाधिवेशन तयारी समिति’ मा रूपान्तरण गरी सबै पक्षको सम्मानजनक प्रतिनिधित्व गराउन सुझाव दिए ।

आफ्ना मागहरूलाई बेवास्ता गरिए वैकल्पिक निर्णयमा पुग्न बाध्य हुने संकेत गर्दै उनले कार्यकर्ताहरूको रगत र पसिनाले बनेको पार्टीलाई सुदृढ बनाउन सामूहिक भावनाको खाँचो रहेको औँल्याए । नेता घिमिरेले संस्थापन पक्षलाई निषेधको राजनीति त्यागेर संवाद र सहमतिको मार्गमा आउन आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =