राष्ट्रिय सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक सम्बन्धी प्रतिवेदन पेस
२०८३ वैशाख ३० गते

काठमाडौँ । विधायन व्यवस्थापन समिति सभापति कृष्णबहादुर रोकायले राष्ट्रिय सभामा ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका छन् ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा सभापति रोकायले उक्त विधेयकमाथि समितिमा भएको छलफल, सुझाव तथा संशोधनसहितको प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेका हुन् ।
विधेयकले तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदाहरूको पहिचान, संकलन तथा संरक्षण गर्ने अधिकार दिएको उनले बताए ।
नेपालको मौलिक कला, संस्कृति, भाषा, परम्परा तथा विभिन्न समुदायका अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्य विधेयक तयार पारिएको हो । समितिले सरोकारवाला निकाय तथा विज्ञहरूसँग छलफल गरी प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार पारेको सभापति रोकायले जानकारी दिए ।
२०८३ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित








