रात्रिकालीन यातायात बन्द मात्रै दुर्घटनाको विकल्प होइन: बासना थापा

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ट्राफिक सचेतना कार्यक्रमहरूको प्रभावकारितामाथि प्रश्न उठाएकी छन् ।

पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै उनले सचेतनामूलक कार्यक्रम धेरै सञ्चालन गरिए पनि त्यसको प्रभाव, मूल्यांकन र फिडब्याक लिने अभ्यास कमजोर रहेको बताइन् ।

कर्णाली प्रदेशको सन्दर्भ उल्लेख गर्दै थापाले रात्रिकालीन यातायात बन्द गर्ने निर्णयले जनजीवनमा पारेको असरबारे ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्। दुर्घटना न्यूनीकरणका लागि अन्य विकल्प खोज्नुपर्ने र सर्वसाधारणले भोग्नुपरेको सास्तीलाई बेवास्ता गर्न नहुनेमा उनले जोड दिइन् ।

‘सचेतनाका कार्यक्रमहरू धेरै गरिन्छन्, तर ती कार्यक्रमपछि त्यसले कत्तिको फाइदा भयो भन्ने मूल्यांकन आवश्यक हुन्छ । कार्यक्रमहरूको फिडब्याक लिन हामी पछि परेको देखिन्छ,’ उनले भनिन् ।

उनले रात्रिकालीन यातायात बन्द गर्नु मात्रै दुर्घटना कम गर्ने एकमात्र उपाय हो वा होइन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरिन् ।

बैठकमा विभागीय मन्त्रीले प्रस्तुत गरेका योजना तथा ऐन–कानुनका विषयमा टिप्पणी गर्दै थापाले ती योजनाहरू व्यवहारिक रूपमा कार्यान्वयनमा आउनुपर्ने मागसमेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =