सरकारले आगामी आर्थिक वर्षको सुरुदेखि नै खरिद प्रक्रिया थाल्ने
२०८३ वैशाख २८ गते

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको शुरुदेखि नै खरिद प्रक्रिया थाल्ने भएको छ ।
आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साउन महिनादेखि नै खरिद प्रक्रिया अगाडी बढाउने बताएका छन् ।
उनले शुन्य दिन खरिद नीति लागू गरी असार महिनामा केन्द्रित खर्च विकृतिलाई हटाउने बताए ।
ठूला खरिदहरुमा खुला सार्वजानिक खरिद नीति लागू गर्ने उनको भनाई छ । उनले डिजिटल खरिदमा जोड दिइने बताए ।
उनले आयोजनामा बजेट वितरण हुनु अगाडी नै विस्तृत परियोजना प्रतिवेदन, जग्गा प्राप्ती अनिवार्य रुपमा सम्पन्न गर्ने व्यवस्था मिलाउने बताए ।
२०८३ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








