युद्धका कारण रोकिएको ‘प्यालेस्टाइन म्याराथन’ बेथलेहममा पुनः सञ्चालन

एजेन्सी । गाजा युद्धका कारण स्थगित भएको ‘प्यालेस्टाइन म्याराथन’ वेस्ट बैंकको दक्षिणी शहर बेथलेहममा पुनः आयोजना गरिएको छ । यस प्रतियोगितामा हजारौँ स्थानीय तथा अन्तर्राष्ट्रिय धावकहरूको उत्साहजनक सहभागिता रहेको छ ।

प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी ‘वाफा’ का अनुसार म्याराथन अन्तर्गत फुल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर दौड र ५ किलोमिटरको पारिवारिक दौड आयोजना गरिएको थियो ।

बेथलेहमको मध्यभागमा अवस्थित मेन्जर स्क्वायरबाट सुरु भएको यो दौड पृथकीकरण पर्खाल र विभिन्न शरणार्थी शिविरहरू हुँदै अगाडि बढेको थियो । यसै क्रममा गाजा पट्टीमा पनि छुट्टै ५ किलोमिटरको दौड सम्पन्न भएको छ ।

उक्त दौड गाजा सहरदेखि मध्य क्षेत्रमा पर्ने देर अल–बलाहसम्म सञ्चालन गरिएको थियो । आयोजकहरूकाअनुसार यस वर्षका सबै विधामा गरी कुल १३ हजार भन्दा बढी धावकहरूले सहभागिता जनाएका थिए ।

जसमा गाजाका २ हजार ५ सय २३ जना र विश्वका ७५ देश तथा क्षेत्रका करिब १ हजार अन्तर्राष्ट्रिय धावकहरू सामेल रहेको वाफाले उल्लेख गरेको छ । गाजा युद्धका कारण अघिल्लो संस्करण स्थगित भएपछि यस वर्ष यो म्याराथन पुनः सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 7 =