रास्वपाद्वारा १५ सदस्यको सदस्यता खारेज
२०८३ वैशाख २७ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा १५ जना सदस्यको सदस्यता खारेज गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
रास्वपाका अनुसार पार्टीको नीति, अनुशासन र हितविपरीत गतिविधिमा संलग्न भएको निष्कर्षसहित सदस्यता खारेज गर्ने निर्णय गरिएको हो ।
यद्यपि, सदस्यता खारेज गरिएका व्यक्तिहरूको नाम भने पार्टीले सार्वजनिक गरेको छैन ।
२०८३ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित








