वैदेशिक रोजगारीमा रहेका नेपाली परिवार लक्षित विशेष योजना सार्वजनिक

काठमाडौँ । नेपालको अग्रणी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले र सामसुङ नेपाल बीचको सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई लक्षित गर्दै नयाँ ग्राहकलाभ योजना सार्वजनिक गरिएको छ ।

यस योजनाअन्तर्गत आइएमईमार्फत विदेशबाट नेपालमा रेमिट्यान्स पठाउने ग्राहकहरूले सामसुङका विभिन्न इलेक्ट्रोनिक सामान खरिद गर्दा विशेष छुट, क्यासब्याक तथा अन्य आकर्षक अफर प्राप्त गर्न सक्नेछन् ।

योजनाको लाभ लिन ग्राहकहरूले सर्वप्रथम आइएमई रेमिटमार्फत विदेशबाट नेपालमा रकम पठाउनुपर्नेछ । त्यसपछि नेपालमा रकम प्राप्त गर्दा प्रयोग भएको आइएमई कन्ट्रोल नम्बर सुरक्षित राखेर सामसुङको आधिकारिक स्टोर वा डिलरकहाँ जानुपर्ने व्यवस्था गरिएको छ ।

ग्राहकहरूले आफूलाई आवश्यक सामसुङका स्मार्टफोन तथा अन्य घरेलु उपकरण छनोट गरी एफवान सफ्टमार्फत सहज ईएमआई वा ऋण सुविधामा खरिद गर्न सक्नेछन् । ईएमआई सुविधा २४ महिनासम्म उपलब्ध रहने जनाइएको छ ।

यस्तै, स्मार्टफोन, स्मार्ट टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिनलगायतका उपकरण खरिद गर्दा ग्राहकहरूले अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक आइएमई वालेटमा प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यस योजनाले विदेशमा रहेका नेपालीले कमाएको रकमलाई थप उपयोगी र मूल्यवान बनाउन सहयोग गर्ने विश्वास लिइएको छ ।

त्यसैगरी, सामसुङ स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले एनसेल प्याक सक्रिय गर्दा बोनस डेटा सुविधा पनि प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत ग्राहकहरूले एनसेल रिचार्जमा अधिकतम १८० जीबीसम्म बोनस डेटा प्राप्त गर्न सक्ने जनाइएको छ ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारको दैनिक जीवनलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले योजना ल्याइएको बताए । विदेशमा बसेर परिवारको भविष्यका लागि मेहनत गरिरहेका नेपालीलाई रेमिट्यान्स सेवासँगै प्रत्यक्ष आर्थिक लाभ दिने प्रयास गरिएको उनको भनाइ छ ।

कम्पनीले यस अभियानमार्फत ग्राहकहरूले सामसुङका आधुनिक प्रविधियुक्त उत्पादनहरू सहज, किफायती तथा लाभदायक रूपमा खरिद गर्न सक्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =