श्रम संस्कृति पार्टीसँग एकताका लागि गृहकार्य जारी छः कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसहित अन्य नयाँ दलहरूसँग एकताका लागि गृहकार्य भइरहेको बताएका छन् ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि विभिन्न समूहसँग चरणबद्ध संवाद भइरहेको जानकारी दिए ।

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उनले आफ्नो पार्टीले धेरै स्थानमा जित हासिल गर्ने दाबी समेत गरेका छन् । यसअघि प्रतिनिधिसभा निर्वाचनमा पनि ठूलो संख्यामा सिट जित्ने घोषणा गरेका घिसिङ स्वयं काठमाडौं–३ बाट पराजित भएका थिए भने पार्टीले कुनै सिट जित्न सकेको थिएन ।

सुकुम्बासी समस्या समाधानबारे उनले बस्ती भत्काउने कार्यले मात्र समस्या समाधान नहुने उल्लेख गर्दै दीर्घकालीन र योजनाबद्ध उपाय आवश्यक रहेको बताए । ‘वास्तविक सुकुम्बासीको पहिचान गर्दै समस्या समाधान गर्नुपर्छ,’ उनले भने ।

सार्वजनिक जग्गामा रहेका धार्मिक संरचनाहरूको व्यवस्थापनमा मानवीय संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिँदै उनले आवासको अधिकार संविधानले सुनिश्चित गरेको स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =