हुक्का भेपसहित ४३ लाख बढीका सामग्री बरामद

भैरहवा । यहाँको बुटवलबाट प्रहरीले हुक्का तथा त्यससँग सम्बन्धित विभिन्न सामग्रीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा वैशाख १७ गते बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित एक गोदाममा छापा मार्दा ४३ लाख २१ हजार ५०० रुपैयाँ मूल्य बराबरका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

चन्दले उक्त स्थानबाट बुटवल–११ निवासी ३५ वर्षीय पिङ्कु जयसवाललाई नियन्त्रणमा लिएको जनाए ।

बरामद सामग्रीमा १५७ थान हुक्का भेप, एक हजार ४२२ थान कोइला, ५५२ थान फ्लेवर, ३३ थान हुक्का सेट, १६० थान प्लाउट, ४५ थान एयर ब्लोअर, ६०० थान पाइप, १०० थान अन्य पार्टपुर्जा, ७०० थान चिलिम र २२ थान हिटर रहेका छन् ।

बरामद सबै सामग्रीसहित जयसवाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको चन्दले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =