सीमा क्षेत्रमा असन्तुष्टी देखिए पनि तस्करी नियन्त्रण आवश्यक थियोः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन् । कडाइका कारण केही असन्तुष्टि देखिए पनि तस्करी नियन्त्रण अपरिहार्य रहेको उनको भनाइ छ ।

आइतबार निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै उनले सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकको जीवनशैली नै वारिपारि आवतजावत गरी सस्तो बजारबाट किनमेल गर्ने रहेको उल्लेख गरे । तर खुला रूपमा भइरहेको तस्करीप्रति राज्य चुप लागेर बस्न नसक्ने उनले स्पष्ट पारे । ‘देश नै तस्करमय भएको छ भन्ने प्रश्न उठेको छ । त्यसलाई नियन्त्रण गर्दा सीमा क्षेत्रमा केही असन्तुष्टि देखिएको छ । एकातिर उपभोक्ताको हित छ भने अर्कोतिर स्वदेशी व्यवसायीहरूको संरक्षण पनि उत्तिकै आवश्यक छ । यी दुवै पक्षलाई ध्यानमा राखेर नीतिहरू बनाउनुपर्छ’ उनले भने ।

सीमावर्ती क्षेत्रमा उपभोक्ताको सहजता र स्वदेशी व्यवसायको प्रवद्र्धनबीच सन्तुलन कायम गर्न समय लाग्न सक्ने उनले बताए । साथै, उपभोक्ताको दैनिक जीवन प्रभावित नहोस् भन्ने र स्वदेशी उद्यमी–व्यवसायीको उन्नति सुनिश्चित गर्ने लक्ष्य सरकारको रहेको उनको भनाइ थियो ।

सभापति लामिछानेले सीमावर्ती क्षेत्रमा रहेका स्वदेशी व्यवसाय सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सस्तो विदेशी बजारको प्रभावका कारण ती व्यवसाय प्रभावित भइरहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =