अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो साढे तीन बजे अर्थ मन्त्रालयमा करिब २० मिनेट भएको भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी तथा विकास सहायतासम्बन्धी विभिन्न विषयमा छलफल भएको जनाइएको छ ।

भेटवार्तामा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने, विकास परियोजनामा सहकार्य बढाउने तथा आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =