कंगारु एजुकेशन फाउण्डेशनको २० औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

काठमाडौँ । नेपालको शैक्षिक परामर्श सेवा क्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो २० औँ ‘कंगारु डे’ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौँको बागबजारस्थित पर्पल हाउसमा मुख्य कार्यालय रहेको कंगारु एजुकेशनले नेपालभरि रहेका ११ वटा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

संस्थाले आफ्नो २० वर्षे यात्रालाई केवल उत्सवका रूपमा मात्र नभई उपलब्धि, विश्वास, सेवा र आगामी भविष्यप्रतिको प्रतिबद्धताको अवसरका रूपमा मनाएको जनाएको छ। सो अवसरमा नेपालभर रहेका सम्पूर्ण कार्यालयहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएका थिए भने मुख्य समारोह काठमाडौँस्थित पर्पल हाउसमा सम्पन्न भएको थियो।

कंगारु एजुकेशनले वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड, यूके, संयुक्त राज्य अमेरिका तथा क्यानाडा जान इच्छुक विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। सोही दिन संस्थाले विशेष रूपमा “यूके तथा न्युजिल्याण्ड भर्ना दिवस” समेत आयोजना गरेको थियो।

उक्त भर्ना दिवसमा यूके तथा न्युजिल्याण्डका ४५ भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई प्रत्यक्ष परामर्श, आवेदन प्रक्रिया सहजीकरण, विशेष छात्रवृत्ति अवसर तथा विभिन्न छुट सुविधाहरू प्रदान गरिएको थियो।

यसका साथै, २० औँ कंगारु डे को अवसरमा संस्थाले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो, महिला फुटबल खेलाडीहरूलाई सम्मान गरेको थियो, पुस्तकालय स्थापनाको घोषणा गरेको थियो, तथा संस्थाका नेपालस्थित कार्यालय प्रमुख र प्रतिनिधिहरूको सहभागितामा विशेष समारोह आयोजना गरेको थियो।

सो समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा कार्यालयहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। साथै, संस्थाले आगामी पाँच वर्षका लागि आफ्नो संस्थागत विकास, डिजिटल रूपान्तरण, सेवा विस्तार तथा उत्कृष्टता केन्द्रित रणनीतिक मार्गचित्र समेत सार्वजनिक गरेको छ।

कंगारु एजुकेशनले साँझको समयमा आफ्ना सम्पूर्ण कर्मचारीहरू, विश्वविद्यालय/कलेज साझेदारहरू तथा शुभेच्छुकहरूको उपस्थितिमा विशेष उत्सव कार्यक्रम समेत आयोजना गरेको थियो, जसले संस्थाको २० वर्षे यात्रालाई थप उल्लासपूर्ण र स्मरणीय बनाएको थियो।

संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले भन्नुभयो, “२० वर्षको यो यात्रा विश्वास, निरन्तरता र समर्पणको परिणाम हो। अब हामी आगामी पाँच वर्षलाई अझ प्रविधिमैत्री, गुणस्तरीय र प्रभावकारी सेवामार्फत नयाँ उचाइमा पुर्‍याउने लक्ष्यमा ‘भविष्य उज्जवल छ’को नारा र मर्म सहित अगाडि बढिरहेका छौँ। “

२० वर्षको यात्रामा विद्यार्थी, अभिभावक, साझेदार संस्था, कर्मचारी तथा शुभेच्छुकहरूको विश्वास र साथप्रति आभार व्यक्त गर्दै कंगारु एजुकेशनले आगामी वर्षहरूमा अझ गुणस्तरीय, प्रविधिमैत्री र विद्यार्थी केन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =