फेरी हटाउन थालियो काठमाडौंका सुकुमवासी बस्ती, आज कहाँ–कहाँ चल्छ डोजर ?

काठमाडौं । सरकारले आज काठमाडौंका नदी किनार आसपास बस्ने धेरै सुकुमवासी बस्तीमा डोजर चलाउँदै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो ।

डोजर चलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालित भइसकेका छन् ।

आजबाट काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ वंशीघाट, वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडा नम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुसी, खाडिपाखा, रानी बारी लगायतका क्षेत्रमा डोजर चलाउने तयारी छ ।

प्रशासनले जारी गरेको सूचनामा लेखिएको छ, ‘काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरूका नदी किनाराका बस्ती एवं सरकारी, पर्ती, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनधिकृत तवरवाट वर्षौँदेखि बसोबास भई आएका बस्तीहरू मानवीय रूपमा उद्धार गर्न एवं विपद्को जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य आज बिहान ७ बजेदेखि एकैपटक विभिन्न स्थानहरूबाट सुरु हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =