मुलुक आर्थिक समृद्धि उन्मुखः मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुक आर्थिक समृद्धितर्फ उन्मुख रहेको बताएका छन् ।

विराट व्यापार सङ्घको २६ औँ साधारण सभाको आज विराटनगरमा उद्घाटन गर्दै उनले निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता कायम हुँदा आर्थिक गतिविधि वृद्धि हुने धारणा बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र राष्ट्रिय पुँजीको विकास सम्भव हुने धारणा राखे ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार निजी क्षेत्रलाई साथमा लिएर प्रदेशको विकासमा अघि बढ्ने बताए । कार्यक्रमका वक्ताहरुले खुला सीमाका कारण हुने चोरी तस्करी नियन्त्रणका लागि सरकारी निकाय बढी संवेदनशील बन्न माग गरेका थिए ।

विराट व्यापार सङ्घको १३औँ अधिवेशनले प्रमोद अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =