मृतकको जग्गा हडप्न कीर्ते: मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौँ । रूपन्देहीको सियारी गाउँपालिका–२ मा मृतक बेलर कहारको नाममा रहेको जग्गा कीर्ते कागजातमार्फत हक हस्तान्तरण गरिएको आरोपमा सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अनुसन्धानअनुसार मालपोत कार्यालय, रूपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा, खरिदार अजित कुमार साहनी, सियारी गाउँपालिका–२ का तत्कालीन वडा अध्यक्ष राम किशन थारू, वडा सदस्य वृजनारायण यादव तथा बुद्धिराम कहारको मिलेमतोमा फर्जी नाता प्रमाण, सर्जमिन मुचुल्का र कागजात तयार गरी जग्गा हक हस्तान्तरण गरिएको देखिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार मृतक बेलर कहारको हक खाने छोरी सन्जु कहारको अधिकार मेट्ने उद्देश्यले २–०–५ बिघाहा जग्गा कीर्ते रूपमा बुद्धिराम कहारको नाममा कायम गरिएको आरोप छ ।

यसै आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको मागसहित मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =