सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न सिफारिस
२०८३ वैशाख १६ गते

काठमाडौं । सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
रामचन्द्र पौडेलसमक्ष बुधबार विश्वविद्यालय, स्वास्थ्य तथा केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।
यसअघि सोमबार सरकारले सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।
सरकारले पछिल्ला दिनहरूमा अध्यादेशमार्फत कानुन संशोधनको प्रक्रिया अघि बढाइरहेको छ ।
२०८३ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








